शुक्रबार, भाद्र २६ गते २०८३
images

महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 527
    SHARES
  • महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

    भदौ २४ काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेल साँझ ५ बजेपछि शुरु हुनेछ ।

    images

    नेपालले घरेलु मैदानमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । एसियन कप छनोट प्रतियोगितालाई लक्षित गरेर नेपालले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्दैछ ।

    बंगलादेशविरुद्ध आज नेपालको राष्ट्रिय महिला टोलीले दशरथ रंगशालामा डेब्यु गर्नेछ। नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रंगशालामा खेलेको छैन ।

    images

    यस्तै आजै महिला फूटबल टोलीमा विदेशी प्रशिक्षकको समेत डेब्यु हुनेछ । नेपाली टोली पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्ने छ। एएफसी महिला एसियन कप२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

    दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ। महिला एसियन कप छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । नेपाल समूह एफमा छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।