बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरीमा विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

एक्सप्रेस पाना
फाल्गुण ८, २०७९ सोमबार
  • 227
    SHARES
  • प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरीमा विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

    ८ फागुन, काठमाडौँ । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी सोमबार बिहान पक्राउ परेका छन् ।

    images

    सामाजिक सञ्जाल मार्फत् विभिन्न कलाकारविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो ।

    रेग्मी थाईल्याण्डबाट नेपाल आउँदै गर्दा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो । साइबर अपराधको आरोपमा पक्राउ परेका उनीविरुद्ध भने म्याद थप गर्न बाँकी रहेको छ । गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

    images

    पछिल्लो समय थाइल्याण्डमा बस्दै आएका रेग्मीले सामाजिक सञ्जालबाटै कलाकारहरु विरुद्ध अपशब्द प्रयोग र लाञ्छना लगाउने गरेको उजुरीमा उल्लेख छ ।