बुधबार, कार्तिक १९ गते २०८३
images
images

लघुबित्तका कारण कयौंको आर्थिक अवस्था डामाडोल भएकोप्रति सरकारले ध्यान दिनुपर्छ : गगन थापा

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 143
    SHARES
  • लघुबित्तका कारण कयौंको आर्थिक अवस्था डामाडोल भएकोप्रति सरकारले ध्यान दिनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियत पूर्वक काम गर्ने लघुबित्तहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।

    images

    प्रतिनिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुबित्तका कारण कयौंको आर्थिक अवस्था डामाडोल भएको प्रति सरकारले ध्यान दिनु पर्नेमा पनि जोड गर्नुभयो ।

    ‘अति न्युन आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको कयौं लघुवित्तका कारणले गर्दा गरिब उठ्नै नसक्ने गरिकन थला परेका छन्’ थापाले बैठकमा भन्नुभयो, ‘तत्काल गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र पनि यसको जिम्मेवार छन्, यही कारणले गर्दा लघुवित्तको संकट देखिएको हो ।’

    images