बुधबार, कार्तिक १९ गते २०८३
images
images

तीन प्रदेशमा हिमपातको सम्भावना र प्रदेश एकमा वर्षा

एक्सप्रेस पाना
फाल्गुण १२, २०७९ शुक्रबार
  • 145
    SHARES
  • तीन प्रदेशमा हिमपातको सम्भावना र प्रदेश एकमा वर्षा

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश एक र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

    images

    आज दिउँसो प्रदेश एकको पहाडी भू–भागका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति  प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images