नेपाल देखि तेस्रो मुलुक भारत हुँदै बङ्गलादेश सम्म पैदल यात्रा गरेर जान लागि रहेका अभियन्ता तथा युवा यात्री अभिनय कार्कीले आफ्नो तयारीलाई तिव्रता दिएको पाइएको छ ।
मोटिभेसन फ्रम द सिचुएन अर्थात् परिस्थिति बाटै प्रेरणा अभियान चलाइरहेका दोलखाको कालिन्चोक गाउँपालिका घर भएका उनै कार्कीले विशेष गरि नेपालको हिमालयन क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने मुख्य उदेश्य सहित तयारी गरिरहेको बुझिएको हो ।
उनले यात्राको विभिन्न चरणहरुमा रहेर मेचीमहाकाली पैदल यात्रा हुँदै नेपालको ७७ वटै जिल्लाहरुमा साइकल यात्रा गरिसकेका छन् । भने पछिल्लो समय दोलखाको प्रसिद्ध पर्यटकीय एवम् धार्मिक स्थल कालिन्चोक भगवती मन्दिर परिसर देखि इलामको श्री अन्तु सम्मको यात्रा गरेका थिए ।
.jpg)


