बुधबार, कार्तिक १९ गते २०८३
images
images

हल्ट प्राइज अन क्याम्पस प्रतियोगिता सम्पन्न

एक्सप्रेस पाना
फाल्गुण १४, २०७९ आइतबार
  • 432
    SHARES
  • हल्ट प्राइज अन क्याम्पस प्रतियोगिता सम्पन्न

    बिज्ञान कार्की, पोखरा । हल्ट प्राइज जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र पोखरा महानगरपालिका व्यवसाय प्रबर्द्धन केन्द्रको सहकार्यमा हल्ट प्राइज अन क्याम्पस प्रतियोगिता सम्पन्न भएको छ ।

    images

    गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय  रेशम जुग्जालि मगर(सुबिन) को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता हल्ट क्याम्पस डाइरेक्टर दामोदर भुषाल र संचालन आकृति बराल र दीक्षा पौडेलद्वयले गरेका थिए । 

    कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लोकराज भण्डारी, ब्यवसाय प्रबर्द्धन केन्द्रका महाशाखा प्रमुख मनोहर कडरिया लगायतले आफ्नो मन्तव्य राखेका थिए । 

    images

    १५ टिम सहभागी प्रतियोगितामा डिजिटल राउन्डबाट फाइनलमा पाँच टिम पुगेका थिए । 

    शोभा केसी, अशोक पौडेल, दिपेश कुँवर, राजिब शाही र क्षितिज बराल निर्णायक रेहेको प्रतियोगिताको फाइनलमा टिम सतवत्रले प्रथम स्थान हासिल गरेको छ।

    सतबत्र टीममा दीपिका खान्ड, लक्ष्मण बिस्वकर्मा, एलिना सापकोटा, आयुष पौडेल, कुशुम आचार्य र सल्लाहकारको रूपमा बिपिन पराजुलि रहेका थिए ।

    ग्लोबल फाइनलमा पुगेको टिमले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आफ्नो व्यवसायको प्रदर्शन प्रस्तुति दिन पाउने छ । निर्णायक मण्डलबाट विजयी घोषित टिमले आफ्नो व्यवसायलाई अगाडि बढाउन १० लाख डलर राशीको पुरस्कार पाउने छ ।