कञ्चनपुरबाट कैलालीको धनगढी आउँदै गरेको हाइस दुर्घटनामा भएको छ । आज बिहान महेन्द्रनगरदेखि धनगढी आउँदै गरेको हाइस शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा दुर्घटना भएको हो ।
बा. ४ ख २३०३ नम्बरको हाइस शुक्लाफाटा नगरपालिका-११ कलुवापुर नजिकै पुर्व-पश्चिम हाइवेमा वाइरिङ्ग सर्ट्सर्किट भएर दुर्घटना भएको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वाइरिङ्ग सर्टसर्किट भएर हाइस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते ४ जनामध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
.jpg)


