भदौ २४ काठमाडौं । बंगलादेशविरुद्धको पहिलो हाफको खेलमा नेपालले २-० गोलको अग्रता बनाएको छ । नेपालका लागि सविता राना मगर र प्रीती राईको गोलमा नेपालले शानदार अग्रता बनाएको छ । सविता राना मगरले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छिन् भने अर्की युवा खेलाडी प्रिती राईले पनि राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छिन् ।
त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध पहिलोम खेलको २४ मिनेटमा सविता राना मगरले गोल गरी नेपालको लागि सुरुवाती अग्रता दिलाइन् । नेपालको लागि प्रितीले खेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन् । उनले मिडफिल्डर शरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् ।

