आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार अपरान्ह काठमाडौंमा वर्षा हुने देखिए हो।
‘अहिले नै साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौंमा छिटफुट वर्षा हुने सम्भावना छ,’ कँडेलले भनिन्,‘यो काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।’
प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद् कँडेलले आग्रह गरिन्।
.jpg)


