बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

एक्सप्रेस पाना
फाल्गुण १४, २०७९ आइतबार
  • 166
    SHARES
  • प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौँ । लामो समयपछिको वर्षाका कारण मौसममा प्रतिकुलता हुँदा हवाई उडान सामान्य प्रभावित भएको छ ।

    images

    मौसमको खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ भएको छ ।

    भिस्तारा र इण्डिगो एयर लखनउ डाइभर्ट गरिएको छ । कतार एयरवेजको जहाज केही समय आकाशमा केही समय ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ पनि उडान सामान्य प्रभावित भएको छ ।

    images

    भरतपुरको दुई उडान रद्द भएको र अन्य गन्तव्यको उडान केही ‘डिले’ भएको छ । पश्चिमी वायुको प्रभावले मौसम बदली हुनुका साथै देशका विभिन्न स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।