बुधबार, कार्तिक १९ गते २०८३
images
images

माननीय दीपक सिंहद्वारा हेटौंडा हस्पिटलको अनुगमन

एक्सप्रेस पाना
फाल्गुण १६, २०७९ मंगलबार
  • 229
    SHARES
  • माननीय दीपक सिंहद्वारा हेटौंडा हस्पिटलको अनुगमन

    हेटौँडा । माननीय दीपक बहादुर सिंहले मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालको अनुगमन गरेका छन्। 

    images

    मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालको सेवा प्रवाह, समस्या लगायतका विषयमा बुझ्न मंगलवार बिहान हेटौंडा अस्पताल पुगेका थिए । उनले अस्पतालको आकस्मिक कक्ष, आईसीयू, बहिरंग सेवा, फार्मेसी, टिकेट काउण्टर लगायतको अनुगमन गरेका थिए ।

    विरामीको अत्याधिक चाप रहेको उक्त अस्पतालमा उपचारका लागि सेवाग्राहीहरुले लामो समय कुर्नुपर्ने बाधयता रहेको  सिंहसंग स्थानयिहरुको गुनासो थियो । सिंहसंग टिकट काट्न, चेकजाँच गर्न र फार्मेसीबाट औषधि लिन धेरै समय लाइन बस्नुपर्ने बाध्यता रहेको उनीहरुले गुनासो गरेका थिए । माननीय दीपक बहादुर सिंहले अस्पतालमा उपचाररत बिरामीहरुसंग भेट गर्दै उनीहरुको हौसला बढाउने र अस्पतालका समस्याहरु समाधानका लागि पहल गर्ने र सुधारका काममा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।

    images

    No description available.

    माननीय दीपक बहादुर सिंहले अस्पतालका मेडिकल सुपेरीटेण्डेण्ट डा:रामचन्द्र सापकोटालाई अस्पतालको सेवा चुस्तदुरुस्त राख्न र स्वास्थ्य उपचार सेवामा आम नगरिककोको सहज पहुँच हुने अवस्थाको सृजना गर्न निर्देशन समेत दिएका थिए ।

    माननीय दीपकबहादुर सिंहले अस्पतालको सुधारका लागि सरकारसँग आवश्यक बजेट माग गर्ने बताउनुभएको छ ।