बुधबार, कार्तिक १९ गते २०८३
images
images

साँगा-धुलिखेल सडकखण्ड विस्तार कार्य सुरु

एक्सप्रेस पाना
फाल्गुण १७, २०७९ बुधबार
  • 204
    SHARES
  • साँगा-धुलिखेल सडकखण्ड विस्तार कार्य सुरु

    काभ्रे । अरनिको राजमार्ग अन्तर्गत साँगा-धुलिखेल सडकखण्डको सडक बिस्तार कार्य सुरु भएको छ । सडक बिस्तार कार्य अन्तर्गत बाउन्ड्री वालको संरचना कार्यबाट सुरु गरिएको हो ।

    images

    पहिलो खण्डमा साँगादेखि धुलिखेल ८ किमी सडकखण्डको बिस्तार कार्य अघि बढेको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाका प्रमुख राजेन्द्र प्रसाद दासले जानकारी दिनुभयो ।

    उक्त सडकखण्डको बिस्तार कार्यको ठेक्का लामा कन्सट्रक्सन कम्पनी प्रा.लिले पाएको हो । तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का लामा कन्सट्रक्सन कम्पनी प्रा.लिसँग २०७९ मंसिर २७ गते सम्झौता भएको हो । चार अर्ब पाँच करोड ६४ लाख रुपैंयाको लागतमा बिस्तार कार्य सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

    images