बुधबार, कार्तिक १९ गते २०८३
images
images

त्रि-चन्द्र क्याम्पसको स्ववियुमा टेकराज भट्टको चर्चा

एक्सप्रेस पाना
फाल्गुण १८, २०७९ बिहीबार
  • 186
    SHARES
  • त्रि-चन्द्र क्याम्पसको स्ववियुमा टेकराज भट्टको चर्चा

    विगत लामो समय देखि त्रि-चन्द्र क्याम्पसमा विद्यार्थीका मुद्दामा लड्दै आएका सुदुरपश्चिम, कैलालीका टेकराज भट्ट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बलियो दाबेदार देखिएका छन्।

    images

    tiri chandra.jpg

    नेविसंघ निकट उनी २०७२ सालको विनाशकारी भुकम्पबाट जिर्ण अवस्थामा रहेको घण्टाघरको पुन:निर्माणको लागि निरन्तर रुपमा लाग्दै आएका थिए, फलस्वरूप नेपाल सरकारले घण्टाघरसहित त्रि-चन्द्र क्याम्पसको पुन: निर्माणको काम सुरु गरिसकेको छ। छात्राहरुले महिनावारीमा भोग्नुपरेको समस्याको कुरालाई लिएर Sanitary Pad Vending Machine राख्न लगाउने देखी क्याम्पस अगाडीको जेब्राक्रसिङमा हुने गरेको दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाइट राख्न पहलकदमी लिएका भट्ट विद्यार्थीको सहजीकरणका लागि E-Library, अनलाइन भर्ना, Digital Help & Enquiry Desk को व्यवस्था गरिनुपर्छ भन्ने माग राख्दै आएकाछन्।

    images

    No description available.

    त्रि-चन्द्र क्याम्पसका तमाम बेथितिहरु निराकरण गर्नुपर्छ भनेर सधैं क्याम्पस प्रशासनसङग झगडामा उत्रिरहने उनको स्वभावले एक असल विद्यार्थी नेतामा हुने गुण झल्किने गरेको छ। उनीसँग हामीले स्ववियु निर्वाचनको विषयमा कुरा गर्न खोज्दा उनी भन्छन्, "अब केही समयपछि हामी त्रि-चन्द्र क्याम्पसका तमाम बेथितिको निराकरणमा लाग्नेछौ। विद्यार्थीको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमार्फत असल नेतृत्व चुन्ने अवसर मिल्ने भएको छ। विद्यार्थीका समस्या उठाउनु मात्रै विद्यार्थी राजनीति होइन, विद्यार्थीका बिचबाटै समाधानको बाटो खनेर त्यसमाथी शिक्षाको कालोपत्रे गर्नु खास अर्थमा विद्यार्थी राजनीति हो। हामी सबै मिलेर त्रि-चन्द्र क्याम्पसलाई नितान्त प्राज्ञिक थलो बनाउनेछौ।"