शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट : मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 384
    SHARES
  • विश्वकप छनौट : मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित

    एजेन्सी । कप्तान तथा सुपरस्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक पूरा गरेको खेलमा अर्जेन्टिना सहज जित निकालेको छ ।

    images

    सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्ववकप छनौट अन्तर्गत दक्षिण अमेरिकी छनौटको आफ्नो ८औं खेलमा अर्जेन्टिना पाहुना टोली बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    शुक्रबार बिहान सम्पन्न भएको खेलमा कप्तान मेस्सीले खेलको १५औं मिनेटमा गोल गरि सुरुवाती अग्रता दिलाए । यस्तै दोस्रो हाफको खेलको ६५औं र ८९औं मिनेटमा गोल गरि ह्याट्रिक पूरा गर्दै घरेलु टोलीको सहज जित पक्का गरे । 

    images

    उक्त जितसँगै अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । यता पराजित बोलिभियाको भने ९ खेलबाट ६ अंकसहित ९औं स्थानमा रहेको छ ।

    त्यस्तै उक्त खेलमा ह्याट्रिक पुरा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् ।

    यसअघि ८० वर्षीय पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो । मेस्सीले १५३ खेलमा ७९ गोल गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् ।241340840_249586160499649_6375195066264159757_n.jpg