शुक्रबार, भाद्र २६ गते २०८३
images

राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 484
    SHARES
  • राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

    भदौ २५ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) कतारको दोहा प्रस्थान गरेका छन् । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली कतार प्रस्थान गरेका हुन् ।  

    images

    कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार नै बिदाइ गरेको थियो। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टोलीले कतारमा विशेष प्रशिक्षण गर्ने छन्।

    नेपाली टोलीले कतारमा १५ दिन प्रशिक्षय गर्नेछ। उक्त प्रशिक्षण प्रस्तात नेपाली टोली कतारबाटै माल्दिभ्स जाने छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।

    images

    नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ।

    नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।