बुधबार, कार्तिक १९ गते २०८३
images
images

फेवातालमा डुङ्गा पल्टिँदा घाइते भएकी गिरीको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण २०, २०७९ शनिबार
  • 285
    SHARES
  • फेवातालमा डुङ्गा पल्टिँदा घाइते भएकी गिरीको मृत्यु

    गण्डकी । पोखरामा आज दिउँसो ४: १० बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

    images

    डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएकी पोखरा महानगरपालिका-१ बगर बस्ने ७० वर्षीय याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । 

    डुङ्गामा सवार छ जनामध्ये अन्य पाँच जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ । 

    images