शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 478
    SHARES
  • नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै

    भदौ २५ काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपालले पपुवा न्युगिनीसँग मैदान उत्रदै गर्दा टोलीले नयाँ अनुभव बटुल्दैछ ।

    images

    शुक्रबार ओमानको मस्कटमा नेपाली टोलीले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा-रात्रि खेल खेल्न लागेको हो । यसअघि नेपाली टोलीले टी२० खेल दिवा-रात्रि खेले पनि एक दिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो ।

    खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ । टी२० खेल दिवा-रात्रि खेलमा दुई विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा पनि जितको लक्ष्यका साथ उत्रनेछ । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

    images

    पहिलो खेलमा विक्रम सोबले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए  । चोटका कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, करण केसीलाई आराम दिइएको थियो । यो खेलमा गुल्सन झाले सोबको स्थान लिँदै डेब्यु गर्न सक्छन् ।

    नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो । तर एकदिवसिय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो । नेपालले पीएनजीसँगको खेलपछि आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पिएनजीसँग खेल्न लागेको हो ।