बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेपाल सांस्कृतिक विविधिताको अनुपम सङ्गम- प्रदेश प्रमुख परियार

एक्सप्रेस पाना
फाल्गुण २२, २०७९ सोमबार
  • 173
    SHARES
  • नेपाल सांस्कृतिक विविधिताको अनुपम सङ्गम- प्रदेश प्रमुख परियार

    कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताएका छन् । प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताएका हुन् ।

    images

    उनले रङको पर्व होलीले असत्यमाथि सत्यको अवश्यम्भावी विजय हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन् । प्रदेश प्रमुख परियारले विविध संस्कृतिको इन्द्रेणीका रूपमा रहेको नेपाली समाजमा होलीले आपसी सद्भाव, मेलमिलाप, बन्धुत्व, सहिष्णुता, आत्मीय भावनामा अभिवृद्धि गर्दै राष्ट्रिय एकता थप सुदृढ गर्न सहयोग पु¥याएको बताएका छन् । 

    होलीले समाजमा विकृत चिजको निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य एवं न्यायपूर्ण समाज निर्माण गर्न प्रेरणा देओस् भन्दै उनले फागुपूर्णिमा (होली) पर्व, २०७९ को अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गरेका छन् । 

    images