बुधबार, कार्तिक १९ गते २०८३
images
images

तराईमा होली पर्व मनाइँदै

एक्सप्रेस पाना
फाल्गुण २३, २०७९ मंगलबार
  • 197
    SHARES
  • तराईमा होली पर्व मनाइँदै

    काठमाडौँ, २३ फागुन । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व  मनाइएको थियो  । 

    images

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।