शुक्रबार, भाद्र २६ गते २०८३
images

मेस्सीले तोडे पेलेको कीर्तिमान

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 289
    SHARES
  • मेस्सीले तोडे पेलेको कीर्तिमान

    एजेन्सी । सुपरस्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिकमा अर्जेन्टिनालाई जित दिलाउँदा नयाँ कीर्तिमान कायम गरेका छन् । 

    images

    शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको तीन गोल मद्धतमा बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    उक्त खेलमा ३ गोल गरेका मेस्सीले ब्राजिल पेलेको कीर्तिमान तोडेका हुन् । पेपेले आफ्नो समयमा दक्षिण अमेरिकी मुलुकबाट सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखेका थिए । पेलेको ७७ गोलको कीर्तिमान तोड्ने क्रममा मेस्सीले बोलिभियाविरुद्धको खेलमा आफ्नो अन्तर्राट्रिय ७९ गोल गरेका थिए । 

    images

    बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी)पुगेका मेस्सीले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेका थिए । मेस्सीले १४,६४ र ८८औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा डिबक्स बाहिरबाट आकर्षक गोल गरे । दोस्रो गोल डिबक्स भित्र बोलिभियाका ४ डिफेन्सलाई बिट मार्दै गरेका थिए । तेस्रो गोल भने बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो । 

    उक्त जितसँगै कतार बिश्वकप छनौट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वे रहेको छ ।