शुक्रबार, भाद्र २६ गते २०८३
images

भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट रद्द

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 235
    SHARES
  • भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट रद्द

    भदौ २५ काठमाडौं । पाँचौं तथा अन्तिम आईसिसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत इंग्ल्यान्ड र भारतबीचको खेल कोरोना भाइरसका कारण रद्द भएको छ । 

    images

    शुक्रबार म्यानचेस्टरमा सुरु हुने खेल अन्तिम समयमा रद्द भएको आईसिसीले जनाएको छ । आईसिसीले भारतीय टोलीमा देखिएको कोरोना कारण खेल रद्द गर्नुपरेको जनाएको छ । 

    हाल भारतीय क्याम्पमा बढ्दै गएको कोभिडका कारण खेल रद्द भएको आईसिसीले बताएको हो । यस घिका चार टेस्टमा भारतले २(१ को अग्रता बनाएको थियो । पहिलो टेस्ट बराबरीमा सकिँदा भारतले दोस्रो टेस्ट जितेको थियो । तेस्रो टेस्टमा इंग्ल्यान्ड फर्किए पनि भारतले चौथो टेस्ट आफ्नो नियन्त्रणमा राखेको थियो । यसअघि भारतले अस्ट्रेलियालाई समेत टेस्टमा पराजित गरेको थियो । 

    images