शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट : चिलीमाथि कोलम्वियाको सहज जित

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 244
    SHARES
  • विश्वकप छनौट : चिलीमाथि कोलम्वियाको सहज जित

    एजेन्सी । विश्वकप छनौट खेलमा चिली कोलम्वियासँग पराजित भएको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्वियाले चिलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    कोलम्वियालाई जित दिलाउनको लागि मिगुइल बोर्जाले दुई गाले गरे भने लुइस डियाजले एक गोल थपे । चिलीका जिन मेनेसेसले एक गोल फर्काए । खेलको १९औं मिनेटमा बोर्जाले पेनाल्टीमार्फत गोल गर्दै कोलम्वियालाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै बोर्जाले गोल गर्दा कोलम्वियालाई २–० को अग्रता दिलाए ।

    ५६ औं मिनेटमा मेनेसेसले एक गोल फर्काए । उनले इरिक पुल्गरको पासमा गोल गरेका थिए । ७४औं मिनेटमा डियाजले गोल गर्दै कोलम्वियालाई सहज जित दिलाए । उनले रोजर मार्टिनेजको पासमा गोल गरेका थिए । उक्त यो जितसँगै कोलम्विया ९ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । यता पराजित चिली ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

    images