शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल टस जितेर पहिला ब्याटिङ गर्दौ

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 330
    SHARES
  • नेपाल टस जितेर पहिला ब्याटिङ गर्दौ

    भदौ २५ काठमाडौं । पपुवा न्युगिनीविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय  मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । 

    images

    शुक्रबार ओमानको मस्कटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा–रात्रि खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरू हुनेछ । 

    दोस्रो खेलमा विकेट किपर विनोद भण्डारी, करण केसी र सुशन भारीले स्थान बनाएका छन् । चोटका कारण उपकप्तान दिपेन्द्र सिंह ऐरीले आराम गर्नेछन् । यस्तै शरद भेषावकर, आरिफ शेख र पवन सरार्फ भने सुरुवाती –११ बाहिर रहनेछन् । 

    images

    यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो ।   पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

    नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो । तर एकदिवसिय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो । 

    नेपालले पपुवा न्युगिनीसँगको खेलपछि आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।