बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखाको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

एक्सप्रेस पाना
फाल्गुण २९, २०७९ सोमबार
  • 192
    SHARES
  • गोरखाको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

    गोरखा । गोरखामा भएको मिनी ट्रक दुर्घटनाका घाइतेमध्ये थप एक जनाको ज्यान गएको छ ।

    images

    दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैक गजुरी शाखामा कार्यरत बिष्णु खड्काको उपचारका लागि भरतपुर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार बा ८६ प १७८५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट अनियन्त्रित रुपमा आएको मिनी ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा परी ट्रक चालक (सवारी धनि समेत रहेका) आरुघाटका उमेश श्रेष्ठको मृत्यु भएको थियो ।

    दुर्घटनाका अन्य घाइतेहरु उपचाररत रहेको डीएसपी लिलाराज लामिछानेले बताए । उनका अनुसार दुर्घटनामा परी शहीद लखन गाउँपालिका वडा नम्वर ७ घर भई हाल गोरखा नगरपालिका–९ बस्ने रमला राना मगर, शहीद लखन गाउँपालिककै लाल बहादुर गुरुङ, नारायण भुजेल, बुद्धिबहादुर नेपाली, गोरखा नगरपालिका–१० की सावित्री बिक र बर्दियाका मंगल चौधरी घाइते भएका हुन् ।

    images

    उनीहरुमध्ये भुजेलको गोरखा अस्पताल र अन्यको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सोमबार दिउँसो करिव एक बजे गोरखा बसपार्कबाट आँबुखैरेनी जादै गरेको प्रदेश ३–०१–००३ क ६१७० नम्वरको मिनी ट्रक अनियन्त्रित भइ बिसौनीमोडको सडकदेखि करिव २० मिटर तल खसेको थियो ।