बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७९ मंगलबार
  • 176
    SHARES
  • राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन ब्यक्त गरेका छन् । 

    images

    राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उहाँलाई बधाई ज्ञापन गर्नुभएको यहाँस्थित जापानी राजदूताबासले जनाएको छ ।

    राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन गर्न तथा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले उल्लेख गर्नुभएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनु भएको हो ।

    images