काठमाडौं । आज (बुधबार) आंशिकदेखि सामान्य मौसम बदली भइ अपराह्नतिर कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले बिहान गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ ।
.jpg)


