सोमबार, कार्तिक १७ गते २०८३
images
images

टेलिकमको पोस्टपेड अफर : ६३६ रुपैयाँमा अनलिमिटेड कल

एक्सप्रेस पाना
चैत्र ३, २०७९ शुक्रबार
  • 448
    SHARES
  • टेलिकमको पोस्टपेड अफर : ६३६ रुपैयाँमा अनलिमिटेड कल

    काठमाडौं । नेपाल टेलिकमले आजदेखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड-६३६’ प्याकेज ल्याएको छ । 

    images

    यस अफर अन्तर्गत पोस्टपेड ग्राहकले ६३६ रुपैयाँमा एक महिना अथवा तीस दिनसम्मका लागि नेपाल टेलिकमको नेटर्वकमा हरेक दिन अनलिमिटेड कल गर्न पाउनेछन् ।

    यस्तै प्रयोगकर्ताले अन्य नेटवर्ककका लागि एक सय मिनेटको कल अवधि पाउनेछन् । यस अफरमा अन नेट एक सय पचासवटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    images

    यस्तै यो प्याक अन्तर्गत प्रयोगकर्ताले हरेक दिन तीन सय एमबी डाटासमेत प्रयोग गर्न सक्नेछन्, यो डाटा सकिएमा ६४ केवीपीएस गतिको इन्टरनेट चलाउन पाइने नेपाल टेलिकमले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # NTC