भदौ २५ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनी (पिएनजी) सामु २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव तीन ओभर खेल्दा आलआउट हुँदै दुई सय ३३ रन बनाएको हो । नेपालका लागि रोहित कुमार पौडेलले ८६ , कप्तान ज्ञानेन्द्र मल्लले ४५ तथा करण केसीले ४२ रनको योगदान दिए ।

