बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा निरौला निर्वाचित

एक्सप्रेस पाना
चैत्र ५, २०७९ आइतबार
  • 148
    SHARES
  • नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा निरौला निर्वाचित

    काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै उहाँ विजयी भएका हुन् । मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त भएको थियो । निर्वाचनमा कूल ४६८ मत खसेको थियो ।

    images

    त्यस्तै, महासचिवमा सविन श्रेष्ठ र उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भएका छन् । यसैगरी, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सहकोषाध्यक्ष पदमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरु सबै निरौला प्यानलका हुन् ।

    सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् । सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्दवप्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) विजयी भएका छन् ।

    images