भदौ २५ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए । भने सुशन भारी , सोमपाल कामी र बिक्रक सोबले समान १/१ विकेट लिए । दुई खेलको सिरिजमा नेपाल २-० ले जितेको हो ।

