काठमाडौं । नेपालको सबैभन्दा ठुलो कर्पोरेट समुह मध्ये एक रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस ऋक्च् कार्यक्रमको साथ अनाथालयमा मनाएको छ । विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरुको साथ १८ मार्चमा मनाउँदै आईरहेको संस्थापक दिवस यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरी विशिष्ट र प्रभावकारी ढंगले मनाएका छन् ।
समाजको लागि पुनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा, रमेश कर्प का सदस्यहरुले अनाथालयमा विभिन्न रमाईला गतिविधिहरुको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेशनरी जस्ता आवश्यक वस्तुहरू वितरण गरेका थिए ।

रमेश कर्पको यो कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धताले समाजमा सकारात्मक प्रभाव पार्ने आफ्नो मुल्यमान्यता र समर्पणलाई झल्काउँछ । रमेश कर्पोरेशनका सदस्यहरुले अनाथ आमुमा भेला भई बालबालिकाहरु बीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए । बालबालिकाको मुहारमा खुशी, मुस्कान ल्याउन र उनीहरुको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
.jpg)


