शुक्रबार, भाद्र २६ गते २०८३
images

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकारमा विशेष छुट

एक्सप्रेस पाना
चैत्र ८, २०७९ बुधबार
  • 313
    SHARES
  • महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकारमा विशेष छुट

    काठमाडौं । “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले नक्साल काठमाडौंमा रहेको केबुलकार कम्पनीसँग सम्झौता गरेको छ ।

    images

    सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

    साथै, यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिटकार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटलयुगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # बैंक