बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 163
    SHARES
  • नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८

    तथ्यांक विभागले राष्ट्रिय जनगणना ०७८ को अन्तिम नतिजा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको अन्तिम तथ्यांकअनुसार अब नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ ।

    images

    शुक्रबार सोल्टी होटेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । यसअघि विभागले जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । शुक्रबार अन्तिम जनगणनाको पुस्तक सार्वजनिक गरिएको हो ।

    विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंको छ । हाल काठमाडौंको जनसंख्या २० लाख ४१ हजार पाँच सय ८७ पुगेको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर र कम जनसंख्या रामेछापमा रहेको पाइएको छ ।

    images

    विभागको नयाँ तथ्यांकमा पुरुषभन्दा महिलाको संख्या बढी छ । जसमध्ये पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ रहेको छ ।