एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडबाट डेब्यु गरेका छन्।
युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्स्जायरले न्युकासलसँगको खेलमा सुरुवाती ११ सेटमा राखेसँगै उनले दोस्रो पटक डेब्यु पक्का भएको हो ।
३६ वर्षीय फरवार्ड १२ वर्षपछि ओल्ड ट्राफोर्ड फर्किएका हुन् । युनाइटेडले सहरी प्रतिद्वन्द्वी क्लब म्यानचेस्टर सिटीबाट उम्काएर पाँच पटकका बालोन डी‘ओर रोनाल्डोलाई ओल्ड ट्राफोर्ड फर्काएको हो ।
यसअघि उनी सन् २००३ देखि २००९ सम्म ओल्ड ट्राफोर्ड बसेका थिए । ६ वर्ष इङ्ग्ल्यान्ड बसाइका क्रममा उनले दुई सय ९२ खेल खेलेर एक सय १८ गोल र ६९ असिस्ट गरेका थिए ।
त्यसबाहेक उनले एउटा बालोन डी‘ओर त्यहीबाट जितेका थिए भने एक पटक च्याम्पियन्स लिग र तीन पटक प्रिमियर लिगको उपाधि जितेका थिए ।
यो समाचार तयार पार्दा सम्ममा युनाइटेड र न्युकासलबीचको ३५ मिनेटको खेल चलिरहेको छ । जसमा कुनै टोलीबाट गोल भएको छैन् ।


