काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितहरुले नाराबाजी गरेका छन् ।
मिटर ब्याज पीडितहरुप्रति ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको हो ।
राजतन्त्र र सामान्तवादीको वकालत गरेको र राजतन्त्रदेखि नै मिटर ब्याजी पीडित बनेको भन्दै उनीबिरुद्धले शाहीविरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताएका थिए ।
बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए ।
ज्ञानेन्द्र शाहीले आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताउदै यो व्यवस्था विरोधी आन्दोलन नभएको भन्दै कार्यकर्ता छिराएर आफ्नो विरोध गरिएको बताए ।
बर्दिबासबाट ११ दिन हिँडेर मिटरब्याज पीडितहरू आइतबार काठमाडौं आइपुगेका थिए । आइतबार मातातीर्थमा बसेका उनीहरू सोमबार दिनभर काठमाडौंमा मार्च गरेका थिए भने राति खुलामञ्चमा बस्न चाहे पनि महानगरपालिकाले प्रवेश गर्न रोक लगाएपछि उनीहरूले सडकमै रात बिताएका थिए ।
.jpg)


