बुधबार, कार्तिक १९ गते २०८३
images
images

धरौटी बुझाएर छुटे प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा

एक्सप्रेस पाना
चैत्र १४, २०७९ मंगलबार
  • 208
    SHARES
  • धरौटी बुझाएर छुटे प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा छुटेका छन् ।

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरूलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डिएसपी) निरञ्जन भट्टले जानकारी दिए ।

    सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले धरौटी बुझाएर छुटेका हुन् ।

    images

    उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो । प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएता पनि धरौटी रकम नबुझाएका कारण हिजो उनीहरूलाई कारागार चलान गरिएको थियो । 

    गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणड सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए । नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो । पक्राउ पछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो ।