काठमाडौं प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु हुँदै छ । हरेक वर्ष चैते दशैंका दिनदेखि मच्छिन्द्रनाथको जात्रा शुरु हुन्छ ।
वर्षा र सहकालका देवताको रुपमा मानिने मच्छिन्द्रनाथको देवगृहबाट मूलदेवता खटमा राखेर तीनधारा पाठशालामा रथारोहण गरेपछि जात्रा शुरु हुने गुठी संस्थान कार्यालय काठमाडौंका प्रमुख राजेन्द्र दाहालले जानकारी दिएका छन् ।
३२ हात अग्लो रथ जात्राको पहिलो दिन तीनधारा पाठशालाबाट रत्नपार्क भोटाहिटी हुँदै असन पुर्याइन्छ । रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।
रथजात्राको समय तालिका :
आज- अपराह्न ४ बजे मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म हुनेछ । ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म ।
चैत्र १६ गते- ५ बजेदेखि ६:३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म ।
चैत्र १७ गते- ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म ।
चैत्र १८ गते- साँझ ५:३० देखि ६:३० बजेसम्म लगन आमा रुख परिक्रमा ।
चैत्र १९ गते- साँझ ५:३० देखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म ।
.jpg)


