शुक्रबार, भाद्र २६ गते २०८३
images

रोनाल्डोको सानदार डेब्यु, पहिलो खेलमै गरे दुई गोल 

एक्सप्रेस पाना
भाद्र २६, २०७८ शनिबार
  • 612
    SHARES
  • रोनाल्डोको सानदार डेब्यु, पहिलो खेलमै गरे दुई गोल 

    एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले डेब्यु गरेको खेलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । 

    images

    शनिबार राति भएको न्युकासलसँगको खेलमा युनाइटेडले ४–१ गोलको जित निकालेको हो । 

    युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा घरेलु टिमलाई जिताउन रोनाल्डोले दुई गोल गरे भने ब्रुनो फर्नान्डेस र जेसे लिङ्गार्डले एक–एक गोल गरे । न्युकासलका जोभियर मनकुइलोले एक गोल फर्काए । 

    images

    पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ५६औं मिनेटमा मनकुइलोले गोल गर्दै पाहुना टिमलाई बराबरीमा फर्काए ।

    ६२औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाउँदा ८०औं मिनेटमा फर्नान्डेसले गोल गर्दै ३–१ गोलको अग्रता दिलाए । इन्ज्युरी समयमा लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई ४–१ गोलको जित दिलाए । 

    योसँगै रोनाल्डोले दोस्रो पटक युनाइटेडबाट सानदार डेब्यु गरेका छन् । ३६ वर्षीय फरवार्ड १२ वर्षपछि ओल्ड ट्राफोर्ड फर्किएका हुन् । 

    उक्त जितसँगै युनाइटेडले चार खेलमा १० अङ्क जोडेको छ । ऊ शीर्ष स्थानमा छ ।

    241793518_318511426712681_1943266465199610234_n.jpg241738452_378986323803126_1624190962301777233_n.jpg