खर्च अभावमा रहेकी तर मेहनती छात्रा हेलम्बु-४,ग्यालथुम निवासी शुसिला श्रेष्ठ एस. इ .इ परिक्षा दिनबाट नै बन्चित हुनुपर्ने अवस्थामा पुगेपछि प्रदेश साम्सद कृष्ण कुमार तामाङले सहयोग सहयोग गर्नु भएको छ।
यहि चैत्र १७ गते देखि सुरु हुन लागेको परिक्षामा समाबेश हुनको लागि शुसिलालाई ग्याल्थुमबाट मेलम्ची आउनुपर्ने थियो ,तर पैसाकै अभावका कारण अब कसरी मेलम्ची जाने र परिक्षामा सहभागी हुने भनेर उनी चिन्तित अवस्थामा रहेकी उनकी आमाको पहिले नै निधन भइसकेको र बुबाको रोजगारी नभएकोले घरको आर्थिक अवस्था निकै नै कमजोर रहेको थियो ।
उनी एस. इ .इ परिक्षामा सहभागी हुनको लागि उनलाई चाहिने खर्चको ब्यबस्था सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट निर्वाचित बागमती प्रदेश सभाको माननिय कृष्ण कुमार तामाङ (समीर) ज्युले गरिदिनुभएको छ । जसको कारण शुसिला अब परिक्षामा सहभागी हुने कुराको जानकारी हेलम्बु -४,निवासी श्याम लामिछाने ज्युले हामिलाई दिनुभयो।
आफू निर्वाचित भयदेखी नै आफ्नो पहिलो प्राथमिकता शिक्षामा हुने र प्रत्येक नागरिकले गुणस्तरीय शिक्षा पाउनुपर्ने अवधारणा बोकेर हिड्नुभयको माननीय कृष्ण कुमार तामाङ (समीर) ज्युले ,सरस्वती मा.बि,ग्याल्थुममा अध्यनरत सुशिलाको अवस्था थाहा पाउनासाथ तत्कालै आफ्नो तर्फबाट सहयोग गरि सुशिलालाई see परिक्षामा समाबेश हुने ब्यब्स्था गरिदिनिभएको छ ।
अहिले सुशिला र सुशिलाको परिवार निर्वाचनमा आफुहरुले असल जनप्रतिनिधिलाई जितायकै कारण समस्या पर्नासाथ सहयोग गरुभयो भनी ,आफुले जितायको जनप्रतिनिधि प्रती गर्व गरिरहेका छ्न।
.jpg)


