बुधबार, कार्तिक १९ गते २०८३
images
images

मानुषिको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
चैत्र १६, २०७९ बिहीबार
  • 611
    SHARES
  • मानुषिको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सिपाघाटमा वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुमार ढकालले जनप्रतिनिधि भएर यस्ता विभिन्न कार्यक्रममा गएर अतिथिको आतिथ्यता गरिरहदा जनताको सुशासनको क्षेत्रमा केहि कमजोरी भएको होकि भन्ने चिन्ता लागेको बताउनुभयो । उहाँले संस्थाले गरिरहेको कामको प्रशम्सा गर्दै ऋण लिइसकेपछि तिर्नै पर्ने हुनाले बाहिर हल्लामा लागेर ऋण तिर्न पर्दैन भन्नेहरुको भ्रामक कुराको पछी नलाग्न आग्रह गर्नुभयो । लघुवित्तहरुकै कारण बचत गर्ने र लगानी गर्ने बानिको विकास भएको भन्दै प्रमुख अतिथि ढकालले बुझेर मात्र लगानी गर्न आग्रह गर्नुभयो ।

    images

    कार्यक्रमका अतिथि इन्द्रावती गाउँपालिका वडा नम्बर ७का वडा अध्यक्ष रविन्द्र खातिले महिला सशक्तीकरणको क्षेत्रमा मानुषिले खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता संघसंस्था हरुले आफ्ना गतिविधि संचालन गर्दा स्थानीय तह संग समन्वय गर्दै अगाडि बढेमा आगामी दिनमा साझा धारणा धारणा बनाएर समाजमा काम गर्न सहज हुने बताउनुभयो । उहाँले समुहमा बस्ने बचत गर्ने र खर्च गर्नका लागी ऋण लिने मात्र नभएर ऋण लिएर उत्पादनमुखि क्षेत्रमा लगानी गरेर आर्थिक स्तर उकास्न आग्रह गर्नुभयो ।

    No description available.

    images

    कार्यक्रममा प्रहरी चौकि सिपाघाटका प्रमुख बलराम अधिकारीले बचत गर्ने ऋण लिने र आर्थिक उपार्जन हुने क्षेत्र क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । २०४८ सालमा स्थापना भएको संस्थाले अहिले १४ जिल्लामा ३६ शाखा बिस्तार गरेर सेवा दिइरहेको छ । संस्थाको हाल ३४ हजार ४ सय ३२ जना कुल सदस्य रहेका छन् भने २० हजार ८६६ जना कुल ऋणि रहेको संस्थाकि प्रमुख कार्यकारी अधिकृत शोभा ब्रजाचार्यले जानकारी दिनुभयो । कार्यक्रमकि अध्यक्ष समेत रहनुभएकि ब्रजाचार्यले संस्थाको परिचय, इतिहास, संचालन प्रक्रिया लगायतका बारेमा जानकारी गराउनुभएको थियो । 

    संस्थाको कुल बचत ८४ करोड ८६ लाख ८ हजार ४०७ रहेको ब्रजाचार्यले जानकारी दिनुभयो । संस्थाको सिपाघाट शाखामा १ हजार १५ जना जम्मा सदस्य रहेको छ भने ५९३ जना जम्मा ऋणि रहेको शाखामा १ करोड ९९ लाख ९९ हजार ४०४ रुपैयाँ बचत रहेको शाखा प्रबन्धक दिपेश लामाले जानकारी दिनुभयो । संस्थाले ७ प्रकारको ऋणप्रवाह गरिरहेको ब्रजाचार्यले जानकारी दिनुभयो । संस्थाले मेलम्ची ,तिपेनि लगायत शाखाहरुमा कार्यक्रम सम्पन्न गरिसकेको मेलम्ची शाखा प्रबन्धक जुनि केसिले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी केन्द्र प्रमुखहरुले ऋण लिएकै मितिदेखि नभएर उत्पादन हुनथालेको मितिदेखि मात्र किस्ता हाल्ने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए ।