शुक्रबार, भाद्र २६ गते २०८३
images

सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस नापोलीसँग पराजित

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 402
    SHARES
  • सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस नापोलीसँग पराजित

    एजेन्सी । इटालियन सिरी ‘ए’ मा युभेन्टस नेपोलीसँग पराजित भएको छ । गएराति भएको खेलमा युभेन्ट्सलाई नेपोलीले २–१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    नापोलीको घरेलु मैदानमा भएको खेलमा नेपोलीलाई जित दिलाउनको लागि माटियो पोलिटानो र कालिडोउ कोउलीवेली गोल गरे भने युभेन्ट्सको लागि अल्भारो मोराटाले गोल गरेका थिए ।

    खेलमा सुरुवाती अग्रता भने पाहुना टोली युभेन्टसले बनाएको थियो । खेलेको १० औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफभरि १-० गोलको अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन । दोस्रो हाफको खेलको ५७औं मिनेटमा पोलिटानोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यस्तै खेलको ८५औं मिनेटमा कोउलीवेलीले गोल गर्दै नेपोलीलाई २–१ को पूनरागमन जित दिलाए ।

    images

    उक्त जित सँगै नेपोली ९ अंक जोडेर सिरी ‘ए’ को शीर्षस्थानमा रहेको छ । यता पराजित युभेन्ट्स १ अंक जोडेर १६औं स्थानमा रहेको छ । यो सँगै युभेन्टसले लगातार दोस्रो खेलमा पराजित भएको छ ।