शुक्रबार, भाद्र २६ गते २०८३
images

म्यान्चेस्टर सिटी विजयी

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 300
    SHARES
  • म्यान्चेस्टर सिटी विजयी

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ ।

    images

    शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली सिटीको जितमा दोस्रो हाफमा बर्नाडो सिल्भाले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफको खेलको ६२औं मिनेटमा गोल गरेका थिए ।

    उक्त जितसँगै सिटी ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । यता दोस्रो हार बेहोरेको लेस्टर ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

    images