शुक्रबार, भाद्र २६ गते २०८३
images

बायर्नको सानदार जित

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 352
    SHARES
  • बायर्नको सानदार जित

    एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविको विजेता बायर्न म्युनिखले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइप्जिगलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    लाइप्जिगको घरेलु मैदानमा भएको खेलमा पाहुना टाली बार्यनको जितमा रोबर्ट लेवान्डोस्की, जमल मुसिएला, लिरोए साने र एरिक म्याक्सिम चुपो मोटिङले समान एक–एक गोल गरे । लाइप्जिगका कोनराड लेइमारले एक गोल फर्काए ।पहिलो हाफमा १-० गोलको अग्रता बनाएको बनाएको बायर्नले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो ।

    खेलको १२औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै म्युनिखलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको खेलको ४७ औं मिनेटमा मुसिएलाले गोल गर्दै म्युनिखको अग्रता दोब्बर पारे । ५४औं मिनेटमा सानेले गोल गर्दै म्युनिखलाई ३–० को अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै घरेलु टोलीका लागि लेइमार गोल गर्दै खेलमा फर्काउने सकंत गरे ।

    images

    तर खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट मोटिङले गोल गर्दै बायर्नलाई ४–१ को सहज जित दिलाए ।

    उक्त जितसँगै अपराजित बायर्न ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । यता पराजित लाइप्जिग भने ३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।