बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

एक्सप्रेस पाना
चैत्र १९, २०७९ आइतबार
  • 262
    SHARES
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

    images

    अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य असहजता भइ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।”

    राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका थिए । राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज विहान अस्पताल पुगेका थिए ।

    images

    साथै सांसद् सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताए ।