काठमाडौँ । मनकामनाको केबलकार एक दिनको लागि बन्द हुने भएको छ । केबुलकारको टावर मर्मतसम्भार कार्यका लागि यही चैत २२ गते बुधबार १ दिनका लागि बन्द गर्न लागेको हो ।
केबलकार टावरको मर्मतसम्भार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरि केबलकार बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।
कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ । यसका साथै यसबाट यात्रुमा पर्न जाने असुविधाका लागि कम्पनीले क्षमा मागेको छ ।
.jpg)


