शुक्रबार, भाद्र २६ गते २०८३
images

बिल्बाओ ला लिगाको शीर्ष स्थानमा

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 334
    SHARES
  • बिल्बाओ ला लिगाको शीर्ष स्थानमा

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक क्लब ‘बिल्बाओ’ शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल मल्लोर्कामाथि २–० गोलको सहज जित निकाल्दै बिल्बाओ शीर्ष स्थानमा उक्लिएको हो । 

    images

    घरेलु मैदानमा बिल्बाओको जितमा डेनी भिभिएन र इनाकी विलियम्सले एक–एक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ६८औं मिनेटमा भिभिएनले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाए । ७४औं मिनेटमा विलियम्सले गोल गर्दै बिल्बाओलाई २–० गोलले जिताए ।

    उक्त जितसँगै बिल्बाओले ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको हो । यता पराजित मल्लोर्का भने ७ अंकसहित सातौं स्थानमा रहेको छ । 
     

    images