सिन्धुपाल्चोक, २० चैत । इन्द्रावती गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ ।
सहकारी दिवसको अवसर पारेर गाउँपालिकाले नौ कृषकलाई सम्मान गरेको हो ।
सबैभन्दा धेरै दूध उत्पादन गर्ने कृषक,तरकारी तथा फलफुल गर्ने कृषकहरुलाई पालिकाले सम्मान गरेको हो ।
कृषकहरुलाई प्रोत्साहन गर्ने अभिप्रायले सम्मान गरेको गाउँपालिकाका प्रवत्ता शशिनाथ आचार्यले जानकारी दिनुभयो । उहाँले कृषकहरुको सम्मानमा गाउँपालिकाले विशेष चासो दिएको समेत बताउनुभयो ।
गाउँपालिकाले कृषकहरुलाई सम्मान गरेकोमा शान्ता आचार्यले खुशी ब्यत्त गर्नुभयो । उहाँले राज्यले किसानहरुलाई सम्मान गरे नेपाल साच्चै कृषिप्रधान देश बन्ने बताउनुभयो ।
गाउँपालिकाले दूध उत्पादन गर्ने कृषकहरुलाई ४ रुपैयाँ अनुदान समेत दिदैँ आएको छ ।
.jpg)


