शुक्रबार, भाद्र २६ गते २०८३
images

पीएसजीको सानदार जित

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 426
    SHARES
  • पीएसजीको सानदार जित

    एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

    images

    सुपरस्टार फवार्ड लियोनल मेस्सी र नेइमार विनाको खेलमा पीएसजीलाई सानदार जित दिलाउन एन्डर हेरेराले २ गोल गरे भने केलियन एमबाप्पे र इड्रिसा गाना गुआईले समान एक–एक गोल थपे ।

    खेलको २०औं मिनेटमा एन्डर हेरेराले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसतै ३१ औं मिनेटमा एन्डर हेरेराले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

    images

    त्यसपछि दोस्रो हाफको खेलको ५५औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । ६५औं मिनेटमा इड्रिसा गाना गुआईले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

    उक्त जितसँगै पीएसजी १५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पीएसजीले दोस्रो स्थानमा रहेको एन्जर्स र मार्सेलाई ५ अंकले पछि पारेको छ । यता पराजित क्लेरमोन्ट ८ अंकसहित चौथो स्थानमा रहेको छ ।