शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रिपूर्ण खेल आज

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 370
    SHARES
  • नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रिपूर्ण खेल आज

    भदौ २७ काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँगको दोस्रो तथा अन्तिम मैत्रिपूर्ण खेलमा आज साँझ ५ बजे दशरथ रंगशालमा हुनेछ । पहिलो मैत्रिपूर्ण खेलमा नेपालले गत बिहिवार दशरथ रंगशालामा पाहुना टोली बंंगलादेशमाथि २-१ गोलको जित निकालेको थियो । उक्त खेलमा नेपालको जितमा सविता राना मगर र प्रीती राईले एक एक गोल गरिन् ।

    images

    241244254_2627579984055555_8215983792640030940_n.jpg 

    पहिलो हाफमा २-० गोलको अग्रता बनाएको नेपालका लगि डेब्यु खेलाडी सविता राना मगर र प्रीती राईले गोल गरेकी थिइन् । खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । २३औं मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । त्यस्तै आजको खेलमा पनि नेपाली टोली सोही लय कायम गर्ने योजनामा रहेको छ ।

    images

    गत बिहिवार बंगलादेशविरुद्धको खेलमा नेपालका लागि ४ खेलाडीले डेब्यू गरेको थिए । प्रशिक्षक ग्यारी फिलिप्सले सविता र प्रीतिसँगै सिर्जना सिंह ठकुरी र रश्मी कुमारी घिसिङलाई पनि डेब्यु दिएको थिए ।

    241669981_2627580007388886_350742262135772973_n.jpg

    एएफसी महिला एसियन कप २०२२ छनौटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । महिला एसियन कप छनौट उज्वेकिस्तानमा आयोजना हुनेछ । नेपाल समूह एफमा छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।