बुधबार, कार्तिक १९ गते २०८३
images
images

सशस्त्र प्रहरीले फेला पार्यो माघ ९ गते सेती नदिमा बेपत्ता भएका गुरुङ्गको शव

एक्सप्रेस पाना
चैत्र २३, २०७९ बिहीबार
  • 156
    SHARES
  • सशस्त्र प्रहरीले फेला पार्यो माघ ९ गते सेती नदिमा बेपत्ता भएका गुरुङ्गको शव

    गत माघ ९ गते सेती नदिमा हाम फालेर बेपत्ता भएका कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षिय बिश्व बहादुर गुरुङ्गको शव चैत्र २२ गते बुधबार सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । उनी गत माघ ९ गते उक्त नदिमा हाम फालेर बेपत्ता भएको बताईएको छ ।

    images

    सोही जिल्लाको पोखरा महानगरपालिका १६ दिपस्थित के.आई. सिंह पुलबाट सोही महानगरपालिका १९ लामाचौर बस्ने ३१ वर्षिया अल्का गुरुङ्ग चैत्र २१ गते मंगलबार उक्त नदिमा हाम फालेको भन्ने खबर प्राप्त भए पश्चात नम्बर २४ कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले उनको खाजीकार्य गर्ने क्रममा बिश्व बहादुर गुरुङ्गको शव फेला पारेको हो । अल्का गुरुङ्गको खोजीकार्य जारी रहेको छ । गुरुङको शव पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।